नियम ३७
विभागीय सजाय सम्बन्धी परामर्श
  (१) ऐनको दफा ४१ को उपदफा (५) बमोजिम विभागीय सजायको परामर्श माग गर्दा सम्बन्धित फाइल साथ अनुसूची–६ बमोजिमको फाराम भरी संलग्न गर्नु पर्नेछ ।
(२) कुनै कर्मचारीलाई एक प्रकारको विभागीय सजाय गर्न आयोगमा परामर्श माग गरिएकोमा आयोगबाट सो विषयमा परामर्श उपलब्ध नहु“दै वा परामर्श उपलब्ध भएपछि सो कर्मचारीलाई प्रस्ताव गरिएको सजायमा परिवर्तन गर्ने गरी पुन परामर्श माग गर्न सकिने छैन ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्धित कर्मचारीले काबु बाहिरको परिस्थिति परी अघि स्पष्टीकरण दिन नसकेको कारण देखाई निवेदन दिएमा वा अघि पेश गर्न नसकेको महत्वपूर्ण सबुत प्रमाण पछि पेश हुन आएको कारणबाट सजाय गर्ने अधिकारीलाई सजाय परिवर्तन गर्नु पर्छ भन्ने लागेमा सोको कारण सहित आफ्नो राय उल्लेख गरी पहिले प्रस्ताव गरेको सजाय परिवर्तन गर्न आयोगको पुन परामर्श माग गर्न सकिनेछ ।
(४) यस नियम बमोजिम आयोगको परामर्श माग गरी फाइल पठाउदा सम्बन्धित केन्द्रीय निकायको सचिव मार्फत  पठाउनु पर्नेछ ।